२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका गाँउ र नगरकमिटी अध्यक्ष एमालेमा प्रवेश



अ+ अ-

गुल्मी। नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका कमिटीका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन । केन्द्रमा सत्ता समीकरण गरी एउटै मोर्चा बनाएकै बेला गुल्मीका दुई पालिकाका अध्यक्षले एमाले रोजेका हुन ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गुल्मी आएको मौका पारी ती अध्यक्ष एमाले प्रवेश गरेका हुन । यसरी एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी हुनुहुन्छ । खरेल र केसी आजबाट सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उदघाटन समारोहमा एमाले प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले गुल्मी इञ्चार्ज सूर्य थापालगायतका नेताहरुले एमालेमा स्वागत गर्नुभयो । एमालेमा प्रवेश गरेपछि दुवै नेताले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने निश्कर्षसहित दवाव दिन एमालेमा प्रवेश गरेको बताउनु भयो ।

केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घटदै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताका साथ माओवादी छाडेर एमाले रोजेको खरेल र केसीको भनाई छ । अध्यक्षद्वय एमाले प्रवेश गरेसँगै दुवै पालिकाका माओवादीका नेता कार्यकर्ताहरु समेत एमालेतिर आएको गुल्मीमै रहेका प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

‘दुवै जना कमरेडहरु सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ, उहाँहरुको प्रवेशले मुसिकोट र चन्द्रकोट दुवै गाउँ पालिकामा एमाले निकै मजबुत बनेको छ,’ जनताटाइम्स डटकमसँग अर्यालले भन्नुभयो । नवप्रवेसी नेताद्वयले एमालेको नेतृत्वमा सवै कम्युनिष्ट पार्टी एकजुट हुनुको बिकल्प नभएको भन्दै समयमै यो काम अघि बढाउन सवै कम्युनिष्ट नेताहरुलाई अपिल समेत गर्नुभएको छ ।

अर्यालका अनुसार दुवै नेताले एमालेकै नेतृत्वमा कम्युनिष्ट एकता अनिवार्य भएको र माओवादी पनि ढिलोचाँडो एमालेको नेतृत्व स्वीकार गरेर एकतामा आउनै पर्ने निश्कर्ष निकालेर दुवै नेता पवेश गर्नुभएको हो ।