२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका गाँउ र नगरकमिटी अध्यक्ष एमालेमा प्रवेश



अ+ अ-

गुल्मी। नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका कमिटीका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन । केन्द्रमा सत्ता समीकरण गरी एउटै मोर्चा बनाएकै बेला गुल्मीका दुई पालिकाका अध्यक्षले एमाले रोजेका हुन ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गुल्मी आएको मौका पारी ती अध्यक्ष एमाले प्रवेश गरेका हुन । यसरी एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी हुनुहुन्छ । खरेल र केसी आजबाट सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उदघाटन समारोहमा एमाले प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले गुल्मी इञ्चार्ज सूर्य थापालगायतका नेताहरुले एमालेमा स्वागत गर्नुभयो । एमालेमा प्रवेश गरेपछि दुवै नेताले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने निश्कर्षसहित दवाव दिन एमालेमा प्रवेश गरेको बताउनु भयो ।

केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घटदै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताका साथ माओवादी छाडेर एमाले रोजेको खरेल र केसीको भनाई छ । अध्यक्षद्वय एमाले प्रवेश गरेसँगै दुवै पालिकाका माओवादीका नेता कार्यकर्ताहरु समेत एमालेतिर आएको गुल्मीमै रहेका प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

‘दुवै जना कमरेडहरु सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ, उहाँहरुको प्रवेशले मुसिकोट र चन्द्रकोट दुवै गाउँ पालिकामा एमाले निकै मजबुत बनेको छ,’ जनताटाइम्स डटकमसँग अर्यालले भन्नुभयो । नवप्रवेसी नेताद्वयले एमालेको नेतृत्वमा सवै कम्युनिष्ट पार्टी एकजुट हुनुको बिकल्प नभएको भन्दै समयमै यो काम अघि बढाउन सवै कम्युनिष्ट नेताहरुलाई अपिल समेत गर्नुभएको छ ।

अर्यालका अनुसार दुवै नेताले एमालेकै नेतृत्वमा कम्युनिष्ट एकता अनिवार्य भएको र माओवादी पनि ढिलोचाँडो एमालेको नेतृत्व स्वीकार गरेर एकतामा आउनै पर्ने निश्कर्ष निकालेर दुवै नेता पवेश गर्नुभएको हो ।