६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ०.३७ नगत लाभांश वितरण गर्ने भएको हो । 

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।

हाल इन्स्योरेन्स्को चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । ७ प्रतिशतका दरले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ ।