९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ०.३७ नगत लाभांश वितरण गर्ने भएको हो । 

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।

हाल इन्स्योरेन्स्को चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । ७ प्रतिशतका दरले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ ।