• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बुधबार नेप्से परिसूचक ९.९४ अंकले बढेको दिन २०३ कम्पनीको कारोबार, ८ अर्बमाथिको शेयर खरीविक्री



काठमाडौं । बुधबार नेप्से परिसूचक ०.३८ प्रतिशत अर्थात ९.९४ अंक बढेर २ हजार ६११.४५ विन्दुमा पुगेको छ । यस दिन शेयर बजारमा रू. ८ अर्ब ३ करोड ५५ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ ।

यो दिन बजार २ हजार ६१९.८१ विन्दुदेखि खुला भएको थियो । बजार खुला भएको एक मिनेटमै २ हजार ६२३.६४ विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स ०.३१ प्रतिशत बढेर ४७५ विन्दुमा पुगेको हो । 

२०३ वटा कम्पनीको ७६ हजार ६३० पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर कारोबार भएको हो । अघिल्लो दुई कारोबार दिनमा रू. १० अर्बभन्दा बढीको कारोबार भएकोमा बुधबार कारोबार रकममा कमि आएको हो ।

यस दिन बजारमा उतारचढाब देखिएपनि बैंकिङ र व्यापारिक समूहले सर्वाधिक कमाएका छन् । यो दिन व्यापारिक समूहको २.०२ प्रतिशत, बैंकिङको १.५८ प्रतिशत, विकास बैंकको ०.१३ प्रतिशत, अन्यको ०.५१ प्रतिशत र म्युचुअल फण्डको ०.५७ प्रतिशत परिसूचक बढेको हो । 

बाँकी ७ वटा समूहको परिसूचक भने यो दिन घटेको छ । होटल र जलविद्युतको ०.७५ प्रतिशत, वित्तको ०.०९ प्रतिशत, निर्जीवन बीमाको १.०२ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.४८ प्रतिशत, लघुवित्तको १ प्रतिशत र जीवन बीमाको ०.७७ प्रतिशत परिसूचक घटेको हो । 

बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँगै कर्पोरेट डेभलपमेण्ट बैंकको ९.८९ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९.८३ प्रतिशत र समृद्धि फाइनान्सको शेयरमूल्य ९.५० प्रतिशत बढेको छ ।
 
यो दिन कर्पोरेट डेभलपमेण्टको प्रतिकित्ता रू. ६५ ले बढेर अन्तिम मूल्य रू. ७२२, हिमालयन उर्जा विकास कम्पनीको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४ र समृद्धि फाइनान्सको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १९६ कायम भएको हो । 

यसदिन सनराइज फस्टको इकाईमूल्य सर्वाधिक ४.५३ प्रतिशतले घटेको छ । प्रतिइकाई रू. ०.५६ ले घटेर यस फण्डको इकाई मूल्य रू.११.८० कायम भएको हो ।

यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ओगटेको छ । आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीको बुधबार सर्वाधिक रू.६९ करोड ४३ लाख ६१ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबारसँगै यो दिन उक्त कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. ३४० देखि खुला भएको कम्पनीको शेयरमूल्य कारोबारको चौथो दिन अन्तिम मूल्य रू.४९७ कायम भएको हो ।

उक्त कम्पनीपछि नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू.४१ करोड १६ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. २६ ले बढेर रू. १ हजार ३९१ कायम भएको छ ।