२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन: महामन्त्री थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गर्नुभएको उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताउनु भयो । उहाँले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन अगाडी गठबन्धन गर्नु हुँदैन थियो तर गर्‍यौँ । गठबन्धन गरिसके पछाडी यो गठबन्धन भित्र आवद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकुलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन । तर यि सबै कुराहरुको वेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन । उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ । प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफुलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महशुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी । यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन । अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन । जबसम्म ति मन्त्रीका रुपमा रहन्छन् तबसम्म संसद चल्दैन भनेर यो संसद अवरुद्ध भएको हो । आज संसद खुल्यो । त्यो प्रश्न यो संसदभित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजिकन संसद यत्तिकै अगाडी बढ्न सक्ला र ?’

उहाँले नेपाली काँग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल