१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिषी पण्डित पाठक पञ्चकोटमा सम्मानित



अ+ अ-

बागलुङ । ज्योतिषी एवं पण्डित विष्णुप्रसाद पाठक बागलुङ जिल्लाको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका क्रममा पञ्चकोटमा सम्मानित हुनुभएको छ ।

सर्वसिद्धिधाम पञ्चकोटका परिकल्पनाकार एवं संस्थापक तथा ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पाठकलाई सम्मान प्रदान गर्नुभएको थियो ।

नेपालमा ज्योतिषीय विधामा संलग्न रही सो परम्पराको जगेर्ना गर्नुका साथै भक्तिसंगीत, भजन कीर्तनका माध्यमबाट आध्यात्मिक चेतना जगाई नेपाली समाजमा वैदिक सनातन धर्मको संरक्षण र सम्बर्धनमा लाग्दै भजन संकीर्तनबाट सर्वसिद्धिधाम पञ्चकोटको प्रचारप्रसारमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको हो । सम्मानपत्रमा भनिएको छ ‘पिता देवनारायण पाठक र माता देवकली पाठकज्यूका सुपुत्र यहाँले गर्नुभएको महत्वपूर्ण योगदान स्मरणीय छ ।

हाम्रा सङ्कल्पगत नेतृत्वमा नेपाल र भारतमा समेत सम्पादन भएका महायज्ञहरूमा यहाँ र यहाँको परिवारको योगदान स्तुत्य रहेको छ । आगामी दिनमा पनि नेपाली संस्कार, संस्कृतिको संरक्षण, वैदिक आदर्श र परम्पराको जगेर्ना एवं यस पवित्र पुण्यभूमिमा रहेर पञ्चकोटको सम्बर्धनमा यसैगरी लाग्नुहुनेछ भन्ने शुभेच्छा प्रकट गर्दै अभूतपूर्व अनन्तश्रीब्रह्माण्डीय महायज्ञ-२०८० को अवसरमा यहाँको समुन्नत भविष्यसहित सुस्वास्थ्य र दीर्घायूको कामनाका साथ सम्मान-पत्र प्रदान गर्दछौँ ।’

पाठकको लेखन, संगीत र गायनमा उत्पादित विसं २०७५ मा शिवजीको चरण र विसं २०७७ मा मुक्तिनाथको शरण नामक भजन संग्रह युट्युबमा छन् । विसं २०७५ मा उत्पादन तथा प्रसारण भएको सो भजन युट्युबमा करिब ४० भन्दा बढी भ्यूज रहेको छ ।

युट्युबमा रहेको दोस्रो भजनमा पञ्चकोट र मुक्तिनाथ बाबाका भजन पनि रहेका छन् । यसअघि उहाँले विसं २०६४ मा भजन चुट्काको क्यासेट पनि निकाल्नुभएको थियो । सो क्यासेटमा रामायण, कृष्णचरित्र, श्रीस्वस्थानीमाताका भजनहरू समेटिएका छन् ।

विसं २००७ सालमा बागलुङ जिल्लाको अमलाचौरमा जन्मिनुभएका पाठकले गुरुकुल शिक्षापश्चात ज्योतिषीय परम्परा र अध्ययनका साथै कर्मकाण्डीय र पाठपरायणको कामलाई निरन्तरता दिँदै आउनुभएको छ ।