• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

रेखाको गुनासो: क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गर्‍यो



काठमाडौं । निर्मात्री तथा अभिनेत्री रेखा थापाले केही फिल्म हलहरुले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको आरोप लगाउनु भएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर उहाँले आपत्ति जनाउनु भएको हो । आफ्नो फिल्म ‘उपहार’लाई कम शो उपलब्ध गराएको भन्दै उहाँले बिग, एफक्युब लगायतले सम्मानजनक शो दिएको तर क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको आरोप लगाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ-

‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । सँगैको बिग मुभिज, वान सिनेमा र एफक्युब लगायतका हलले सम्पूर्ण नेपालभरि सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्दछु । क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ ।

तीनवटा पर्दा भएका अन्य हलले चार शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले तीन शो मात्र उपलब्ध गराउनुको अर्थ के हो रु नेपाली चलचित्रप्रेमी दर्शक र नेपाली चलचित्रसँग सम्बन्धित संघसस्थाहरु किन मौन ?’

शुक्रबार तीन नेपाली फिल्म उपहार, काँडेतार र रंगेलीसहित विदेशी फिल्महरु ‘कुङ्फु पान्डा ४’ र ‘शैतान’ रिलिज हुँदैछन् ।