८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो

हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो
अ अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई यस आईपीएल सिजनका तीन खेलमा स्लो ओभर रेटका कारण शुक्रबार एक खेलको प्रतिबन्ध लागेको छ ।

शुक्रबार मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबीच भएको खेलपछि यो निर्णय गरिएको हो ।

तर, यो सिजनमा मुम्बई इन्डियन्सको एक खेल पनि बाँकी छैन । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ । यस्तो अवस्थामा हार्दिक पाण्ड्याले अर्को सिजनको आफ्नो पहिलो खेल खेल्ने छैनन् ।

त्यस्तै, इम्प्याक्ट खेलाडीसहित टोलीका अन्य खेलाडीले पनि १२ लाख रुपैयाँ वा म्याच शुल्कको ५० प्रतिशत तिर्नुपर्नेछ । यीमध्ये जे कम छ, त्यो मुम्बई इन्डियन्सका खेलाडीले दिनुपर्नेछ ।

मुम्बईले शुक्रबार लखनऊ सुपर जाइन्ट्स, ३० मेमा लखनऊ सुपर जाइन्ट्स र १८ अप्रिलमा पञ्जाब किंग्सविरुद्ध स्लो ओभर खेलेको थियो । जसका कारण हार्दिक पाण्ड्या कप्तानका रुपमा आईपीएल आचार संहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर भएएका थिए ।

३ पटक कारबाहीमा परेपछि हार्दिकलाई ३० लाख जरिवाना समेत लगाइएको छ । आईपीएलको आचार संहिता अनुसार स्लो ओभर रेटमा कुनै टोलीका कप्तान पहिलो पटक दोषी पाइएमा १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । यदि कप्तानले सिजनमा दोस्रो पटक स्लो ओभर रेटको कसुर गरेमा २४ लाख जरिवाना हुनेछ । तेस्रो पटक गल्ती गरे कप्तानलाई एक खेलको प्रतिबन्ध र ३० लाख रुपैयाँ जरिवाना हुनेछ ।