• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो



एजेन्सी । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई यस आईपीएल सिजनका तीन खेलमा स्लो ओभर रेटका कारण शुक्रबार एक खेलको प्रतिबन्ध लागेको छ ।

शुक्रबार मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबीच भएको खेलपछि यो निर्णय गरिएको हो ।

तर, यो सिजनमा मुम्बई इन्डियन्सको एक खेल पनि बाँकी छैन । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ । यस्तो अवस्थामा हार्दिक पाण्ड्याले अर्को सिजनको आफ्नो पहिलो खेल खेल्ने छैनन् ।

त्यस्तै, इम्प्याक्ट खेलाडीसहित टोलीका अन्य खेलाडीले पनि १२ लाख रुपैयाँ वा म्याच शुल्कको ५० प्रतिशत तिर्नुपर्नेछ । यीमध्ये जे कम छ, त्यो मुम्बई इन्डियन्सका खेलाडीले दिनुपर्नेछ ।

मुम्बईले शुक्रबार लखनऊ सुपर जाइन्ट्स, ३० मेमा लखनऊ सुपर जाइन्ट्स र १८ अप्रिलमा पञ्जाब किंग्सविरुद्ध स्लो ओभर खेलेको थियो । जसका कारण हार्दिक पाण्ड्या कप्तानका रुपमा आईपीएल आचार संहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर भएएका थिए ।

३ पटक कारबाहीमा परेपछि हार्दिकलाई ३० लाख जरिवाना समेत लगाइएको छ । आईपीएलको आचार संहिता अनुसार स्लो ओभर रेटमा कुनै टोलीका कप्तान पहिलो पटक दोषी पाइएमा १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । यदि कप्तानले सिजनमा दोस्रो पटक स्लो ओभर रेटको कसुर गरेमा २४ लाख जरिवाना हुनेछ । तेस्रो पटक गल्ती गरे कप्तानलाई एक खेलको प्रतिबन्ध र ३० लाख रुपैयाँ जरिवाना हुनेछ ।