३ पुष २०८२, बिहीबार
,
Latest
न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिरामण्डी’मा अदिति रावको ‘गज गामिनी’ चाल चर्चामा, के हो यसको अर्थ ?



अ+ अ-

एजेन्सी ।  सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामण्डी’को धेरै चर्चा छ । शृङ्खलामा आफ्नो अभिनयका कारण ‘हिरामण्डी’का पात्रहरू पनि चर्चित भएका छन् । शृङ्खलाका केही दृश्यहरूले दर्शकको मन जितेका छन् र मानिसहरूले त्यसको धेरै चर्चा गरिरहेका छन्। जसमध्ये एउटा दृश्य ‘बिब्बोजन’को ‘गज गामिनी’ को हो, जुन सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

बलिउड अभिनेत्री अदिती राव हैदरीले ‘हिरामण्डी’ मा ‘बिब्बोजान’को भूमिका निभाएकी छिन् । शृङ्खलामा एउटा गीत छ– सैय्या हट जाओ तुम बडो वो हो । यस गीतमा अदिती रावको ‘गज गामिनी’ मूवलाई दर्शकले मन पराएपछि उनको निकै तारिफ गरिरहेका छन् । तर के तपाईलाई ‘बिब्बोजान’ को यो डान्स स्टेपको अर्थ थाहा छ ?

के हो ‘गज गामिनी’ ट्रिक ?

‘गज गामिनी’ डान्स स्टेपलाई ‘एलिफन्ट वाक’ वा ‘स्वान वाक’ पनि भनिन्छ। संस्कृतमा ‘गज गामिनी’ को अर्थ हात्तीको चाल भएको हो। यो हात्तीको राजसी चाल जस्तै सुन्दर, सम्मानजनक र थोरै शाही चाल भनिन्छ। कामसूत्रमा हात्तीको राजसी चाललाई आकर्षणको रूपमा वर्णन गरिएको छ।

अदिति राव हैदरी भन्दा पहिले पनि धेरै सुन्दरीहरुले आफ्नो ‘गज गामिनी’ चालले दर्शकलाई मन पराएका थिए । यो लिस्टमा माधुरी दीक्षित र मधुबालाको नाम पनि परेको छ । मधुबना ले फिल्म ‘मुग-ए-आजम’ मा ‘गज गामिनी’ गीतमा नाचिन् । उनले फिल्मको टाइटल गीतमा नै ‘गज गामिनी’ चलेका थिए ।