१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिरामण्डी’मा अदिति रावको ‘गज गामिनी’ चाल चर्चामा, के हो यसको अर्थ ?



अ+ अ-

एजेन्सी ।  सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामण्डी’को धेरै चर्चा छ । शृङ्खलामा आफ्नो अभिनयका कारण ‘हिरामण्डी’का पात्रहरू पनि चर्चित भएका छन् । शृङ्खलाका केही दृश्यहरूले दर्शकको मन जितेका छन् र मानिसहरूले त्यसको धेरै चर्चा गरिरहेका छन्। जसमध्ये एउटा दृश्य ‘बिब्बोजन’को ‘गज गामिनी’ को हो, जुन सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

बलिउड अभिनेत्री अदिती राव हैदरीले ‘हिरामण्डी’ मा ‘बिब्बोजान’को भूमिका निभाएकी छिन् । शृङ्खलामा एउटा गीत छ– सैय्या हट जाओ तुम बडो वो हो । यस गीतमा अदिती रावको ‘गज गामिनी’ मूवलाई दर्शकले मन पराएपछि उनको निकै तारिफ गरिरहेका छन् । तर के तपाईलाई ‘बिब्बोजान’ को यो डान्स स्टेपको अर्थ थाहा छ ?

के हो ‘गज गामिनी’ ट्रिक ?

‘गज गामिनी’ डान्स स्टेपलाई ‘एलिफन्ट वाक’ वा ‘स्वान वाक’ पनि भनिन्छ। संस्कृतमा ‘गज गामिनी’ को अर्थ हात्तीको चाल भएको हो। यो हात्तीको राजसी चाल जस्तै सुन्दर, सम्मानजनक र थोरै शाही चाल भनिन्छ। कामसूत्रमा हात्तीको राजसी चाललाई आकर्षणको रूपमा वर्णन गरिएको छ।

अदिति राव हैदरी भन्दा पहिले पनि धेरै सुन्दरीहरुले आफ्नो ‘गज गामिनी’ चालले दर्शकलाई मन पराएका थिए । यो लिस्टमा माधुरी दीक्षित र मधुबालाको नाम पनि परेको छ । मधुबना ले फिल्म ‘मुग-ए-आजम’ मा ‘गज गामिनी’ गीतमा नाचिन् । उनले फिल्मको टाइटल गीतमा नै ‘गज गामिनी’ चलेका थिए ।