१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवहेलना मुद्दामा प्रधानमन्त्रीले सर्वोच्चलाई के-के दिए जवाफ, यस्तो छ पूर्णपाठ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दाको लिखित जवाफ पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई तमासा को संज्ञा दिनुभएको थियो  । रिट निवेदकको पक्षमा बहस गर्नुभएको ९४ वर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । 

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै दर्ता गराएको अवहेलना मुद्दामा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले अवहेलना मुद्दाको जवाफ दिन अदालत आउनुले हाम्रो देशमा कानूनी शासन छ र प्रधानमन्त्रीले कानूनलाई सम्मान गर्नुभएको छ भन्ने देखाएको बताउनुभयो ।

अधिवक्ता न्यौपानेले प्रधानन्त्री ओली अदालतमा लिखित जवाफसहित स्वयं उपस्थित हुनुले अदालतको सम्मान हुनुका साथै प्रधानमन्त्री पदको पनि सम्मान भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कानूनी शासन र संविधानप्रति दृढ छु भन्ने शन्देश दिनुभएको पनि अधिवक्ता न्यौपानेले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिएको ११ बुँदे जवाफ यस्तो छ:




भर्खरै