• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीसँग जापानी राजदुत मासामिची साइगोले गरे विदाइ भेट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदुत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा विदाइभेट गर्नुभएको छ । राजदुत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नु भएको हो । 

भेटमा प्रधानमन्त्री ओलीले राजदुत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरु मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नुभएको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । 

आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बिच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।  त्यस्तै राजदुत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभएको थियो ।