२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

रक्सीमा इनर्जी ड्रिंक्स मिसाउदा खतरनाक साबित !

रक्सीमा इनर्जी ड्रिंक्स मिसाउदा खतरनाक साबित !
अ अ+ अ-

एजेन्सी । रक्सीमा इनर्जी ड्रिंक्स मिसाएर पिउनु स्वास्थका लागि खतरनाक भएको क्यानाडामा गरिएको एक अनुसन्धानले देखाएको छ। यसबाट दुर्घटना र चोटपटक लाग्ने संभावना बढी रहेको बताइएको छ। इनर्जी ड्रिंक्समा रहेको क्याफेनको कारण मानिसहरुलाई नशा चढेको महसुस नहुने र तिनीहरुले सामान्य अवस्थामा भन्दा बढी रक्सी पिउने बताइएको छ।

अनुसन्धानकर्ताहरुले यसको कारण सुत्नमा पनि समस्या आउने र मुटुको स्पन्दन बढाउने बताएका छन्। अहिले पब, क्लब र घरमै पनि रक्सीसँग रेडबुल र मोन्स्टरजस्ता इनर्जी ड्रिंक्स मिसाएर पिउने चलन निकै लोकप्रिय हुँदै गइ रहेको छ। तर हालै सम्पन्न अनुसन्धानले परम्परागतरूपमा अन्य चिजसँग मिसाएर वा केही नमिसाई सक्सी पिउनुभन्दा इनर्जी ड्रिंक्स मिसाउनु धेरै खतरनाक हुने जनाएको छ। 

सन् १९८१ देखि २०१६ सम्म क्यानाडाको युनिभर्सिटी अफ भिक्टोरियामा गरिएका यससम्बन्धी १३ वटा अध्ययनलाई पुनरावलोकन गरिंदा इनर्जी ड्रिंक्ससँग रक्सी पिउँदा लड्ने, झगडा हुने र अन्य दुर्घटना हुने खतरा बढी रहेको पाइएको छ। तर अझै यस अध्ययनमाथि थप अनुसन्धानको जरुरत रहेको बताइएको छ। 

हाल खाद्यान्न मापदण्ड निकाय र विषाक्तता समितिले भने अनुसन्धानको दाबी स्पष्ट नभएको जनाएका छन्। २ सय ५० मिलिलिटर इनर्जी ड्रिंक्समा करिब ८० मिलिग्राम क्याफेन हुन्छ। जबकी ३ सय ३० मिलिलिटर कोकाकोलामा ३२ र डाइट कोकमा ४२ मिलिग्राम क्याफेन हुन्छ।

क्याफेन बढी मात्रामा सेवन गरेमा चिन्ता लाग्ने, अत्तालिने र रक्चाप बढ्ने जस्ता लक्षण देखिन थाल्छन्। गर्भवती र स्तनपान गराउने महिलाहरुलाई दिनमा २ सय मिलिग्रामभन्दा बढी क्याफेन सेवन नगर्ने सल्ला दिइने गरिन्छ।