३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच भेट



अ+ अ-

काठमाडौं । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभयो । दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

यस्तै कोरोना भाइरस विरुद्धको खोपलाई जापान सरकारले अनुमति दिएसँगै जापानमा छिट्टै नै यस रोगविरुद्धको लडाइँमा महत्वपूर्ण जित हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।