२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोलीले फाइनल खेल्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । नेदरल्यान्ड्सविरुद्ध टस जितेर नेपालले पहिला ब्याटिङ गर्न लागेको छ ।

नेपालले  फाइनल खेलको लागि टिममा कुनै परिवर्तन गरिएको छैन । लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोली नै आज खेल्नेछ ।

नेदरल्यान्ड्सले भने टीममा दुई परिवर्तन गरेको छ । आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएर फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली:

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह