२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोलीले फाइनल खेल्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । नेदरल्यान्ड्सविरुद्ध टस जितेर नेपालले पहिला ब्याटिङ गर्न लागेको छ ।

नेपालले  फाइनल खेलको लागि टिममा कुनै परिवर्तन गरिएको छैन । लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोली नै आज खेल्नेछ ।

नेदरल्यान्ड्सले भने टीममा दुई परिवर्तन गरेको छ । आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएर फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली:

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह