२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोक्सा राजनीति र दाहालको काँध: अब धोका पाउने पालो कसको ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । शीर्ष हेर्दा तपाईंलाई केही अचम्म लाग्न सक्छ । भर्खरै सत्ताको नयाँ समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ताबाट निकालेर एमालेको हात समातेका छन् । सधैं सत्ता र शक्तिमा रमाउने र मुलुकमा केही न केही नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेर चर्चामा आइरहने प्रधानमन्त्री दाहालले यस पटक कांग्रेसले नसोचेको परिणाम सुनाइदिएका छन् ।

२०६३ सालमा शान्ति प्रक्रियामा सहभागी भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल जहिल्यै मुलुकको शक्तिमा छन् । आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई त उनले सधैं सत्तामै राखिराखेका छन् । आफ्ना एक जना मित्र अर्थात् तत्कालीन जनयुद्धको सारथी डा. बाबुराम भट्टराईलाई एक पटक प्रधानमन्त्री बनाएपछि उनी आफैं तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष भएका तत्कालीन एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि दाहालले प्रधानमन्त्री बनाइसकेका छन् ।

आफूलाई सधैं राजनीतिको मूल प्रवाहमा राख्ने स्वभाव भएका प्रधानमन्त्री दाहालले कहिले कांग्रेस त कहिले एमालेलाई प्रयोग गर्दै आएका छन् । २०६४ सालको चुनावमा एक्लै प्रतिस्पर्धा गरेका माओवादी केन्द्रले प्रत्यक्षतर्फका २ सय ४० मध्ये १ सय २० ठाउँमा जित निकालेको थियो । तर त्यसपछि माओवादी केन्द्रको जनाधार कमजोर हुँदै गएको छ । २०७४ सालको चुनावमा एमालेसँगको गठबन्धन गरेर प्रत्यक्ष र समानुपातिक गरी ५४ सिट जितेको माओवादी केन्द्रले २०७९ सालको निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा जम्मा ३२ सिट मात्र जितेको छ । पार्टी खिइँदै गए पनि दाहालको शक्ति भने खिएको छैन । बरु उल्टै नेपाली राजनीतिकको सबैभन्दा शक्तिशाली बन्दै आएका छन् । १४ महिनाअघि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले दुई महिनापछि नै उसलाई सरकारबाट हटाएर कांग्रेसलाई भित्र्याएको थिए । अहिले फेरि कांग्रेसलाई हुत्याएर एमालेलाई नै भित्र्याएका छन् ।

संसद्को त्रिशंकु अंकगणितको फाइदा उठाउँदै दाहालले कहिले कांग्रेस त कहिले एमालेलाई उपयोग गरिरहेका छन् । जबकी माओवादी केन्द्रभन्दा कांग्रेस र एमालेको जनाधार बलियो मात्र छैन संसद्मा पनि शक्तिशाली छन् । तर पहिलो र दोस्रो दल जसबाट बढी फाइदा हुन्छ उसैतिर बदलिने सुविधा तेस्रो दल अर्थात माओवादी केन्द्रलाई छ । तर यो सधैं रहीरहन्छ भन्ने छैन । अर्को चुनाव नभएसम्म संसद्को अंकगणित यही कायम रहे पनि कांग्रेस र एमाले तत्काल मिली हाल्ने अवस्था दाहालले देखेका छैनन् । दुई ठूला दल मिले भने दाहालको अवस्था कमजोर बन्न सक्छ ।

अहिले मात्र होइन, भविष्यमा हुने चुनावलाई हेरेर दाहालले अहिले सत्तासमीकरणमा फेरबदर ल्याएका हुन् । किनकी कांग्रेसले आगामी २०८४ सालको चुनाव एक्लै लड्ने घोषणा गरिसकेको छ । एमाले पनि त्यसैको तयारीमा छ । तर माओवादीले एक्लै चुनाव लड्ने आँट गर्न सकेको छैन । कांग्रेस र एमालेमध्ये एकलाई साथमा लिएर चुनाव लडेर मात्र आफू राजनीतिको तेस्रो स्थानमा आउँछु भन्ने राम्रोसँग बुझेका दाहालले अहिले नै एमालेलाई रोजेका हुन् । तर परिस्थिति सधैं यही भइरहन्छ भन्ने अवस्था चाहिँ छैन ।

प्रधानमन्त्री दाहालबाट पटक–पटक धोका पाइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली अब एकैचोटी दाहालसँग रिसाएमा के होला ? यो नहोला भन्ने पनि छैन । किनकी अब देउवाले यो गठबन्धन कुनै पनि हालतमा फुटाउन चाहन्छन् । त्यसका लागि उनले अनेक विकल्प अघि सार्न सक्छन् । कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउन र दाहाललाई ठीक पार्न देउवाले नयाँ विकल्प सार्न सक्छन् । त्यो भनेको एमालेसँग मिलेर सरकार बनाउनु । त्यसका लागि उनले आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने छैनन् । आफ्नो पार्टीभित्रको असन्तुष्ट पक्ष अर्थात शेखर कोइराला र गगन थापा समूहका नेताहरुलाई अघि सार्न सक्छन् । त्यो भनेको शेखर कोइरालालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने ।

देउवाले कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दैमा के होला र भन्ने पनि हुनसक्छ । तर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग रिस फेर्न वा आफूलाई दिएको धोकाको पैचो तिर्न देउवाले जेसुकै पनि गर्न सक्छन् । किनकी देउवा पनि नेपाली राजनीतिको चतुर खेलाडी नै हुन् । त्यसका लागि उनले एमालेको साथ लिन सक्छन् । प्रधानमन्त्रीका रुपमा कोइरालालाई प्रस्ताव गर्ने र एमालेको सहयोग लिने देउवाको रणनीतिले दाहाललाई निकै अप्ठयारो पर्न सक्छ ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच निकै राम्रो सम्बन्ध छ । दाहालले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग समीकरण बनाइसकेपछि पनि ओली र कोइरालाबीच पटकपटक वार्ता मात्र भएको छैन, ओलीले नै कोइरालालाई प्रधानमन्त्रीमा अग्रसर हुन भनिसकेका छन् । तर कांग्रेस संसदीय दलको नेता बन्न कोइरालालाई देउवाले दिएका छैनन् । भोलिका दिनमा देउवाले कोइरालामार्फत् एमालेसँग सहकार्य गर्ने वातावरण बनाउन सके दाहाललाई निकै अप्ठ्यारो पर्न सक्छ ।

अहिलेसम्म कहिले कांग्रेस त कहिले एमालेको काँध फेदै आएका प्रधानमन्त्री दाहाललाई बोक्ने दुई शक्ति एकजुट हुने अवस्था आएमा के होला ? नेपालको संसदीय कालखण्डमा दाहालले काँध फेर्न सिकाएकै छन् । अब देउवाले पनि आफ्नो पार्टीभित्रको सन्तुलन मिलाउन मात्र होइन, दाहालको चुरीफुरी अन्त्य गर्न एमालेको काँध थापेर कोइरालालाई अघि बढाएर भने अनौठो नमान्दा हुन्छ । किनकी अघिल्लो वर्ष दाहाललाई विश्वासको मत दिएर देउवाले थापेको ढोक्सामा केही समयपछि सत्ता परेको थियो । अब पनि देउवाको ढोक्का राजनीतिमा शेखर कोइरालाको पासो थापे केही समयमा फेरि सत्ता नपर्ला भन्न चाहिँ सकिँदैन ।




भर्खरै