• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथग्रहण आज



काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । राष्ट्रिय सभाका एक तिहाई अर्थात् २० जना सदस्यको कार्यकाल गतराति सकिएको थियो ।

कार्यकाल सकिनु ३५ दिनअघि नै नयाँ सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान अनुसार १९ जना सदस्यका लागि गत माघ ११ गते चुनाव भएको थियो । त्यहि चुनावबाट निर्वाचित सदस्यले आज ११ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सपथ लिने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल हिजो सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने छिन् । संघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिन लागेकी हुन् ।

शपथग्रहण गरेका सदस्य आज अपराह्न बस्ने राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् ।