२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथग्रहण आज



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । राष्ट्रिय सभाका एक तिहाई अर्थात् २० जना सदस्यको कार्यकाल गतराति सकिएको थियो ।

कार्यकाल सकिनु ३५ दिनअघि नै नयाँ सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान अनुसार १९ जना सदस्यका लागि गत माघ ११ गते चुनाव भएको थियो । त्यहि चुनावबाट निर्वाचित सदस्यले आज ११ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सपथ लिने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल हिजो सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने छिन् । संघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिन लागेकी हुन् ।

शपथग्रहण गरेका सदस्य आज अपराह्न बस्ने राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् ।