१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त



अ+ अ-

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरिएको हो । 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।'

रौतहट घर भएका झा करिव दुई दसकदेखी पत्रकारी क्षेत्रमा सक्रिय रहेका थिए ।