२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोमालाल रङ्गशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ: सभामुख घिमिरे



file photo
अ+ अ-

बनियानी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

रङ्गशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उहाँले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताउनुभयो ।

दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रङ्गशालामा पूर्वाधार विकास गर्न नसकिएको उहाँको भनाइ थियो । “बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौँ खर्च भइरहेको छ । सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रङ्गशाला संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राम्रो रङ्गशाला बनाउन तपाईँहरूसँगै म पनि लाग्छु ।”

झापालाई खेलकुदको गन्तव्यका रूपमा विकास गरी यसैमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उहाँले जनस्तरबाट सहयोग सङ्कलन भई खेलकुद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल सङ्कटा र एपिएफबीच हुँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकप यही फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले नगद रू १३ लाख पाउनेछन् भने उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । गोल्डकप आयोजना गर्न रु एक करोड ४० लाख खर्च लाग्ने अनुमान छ । रासस