११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समूहमा सही व्यवस्थापन नहुँदा ओली समुहमा फर्किए तामाङ दम्पती



अ+ अ-

काठमडौं । प्रचण्ड-नेपाल समुहमा रहेका पूर्वमन्त्रीका दम्पती  फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । नेकपाका नेता तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई प्रचण्ड-नेपाल समुहमा सही व्यवस्थापन हुन नसक्दा ओली समुहमा फर्केका हुन् । 

उषाकलाले प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड-नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा पूर्वमन्त्रीका दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड(माधव समूहमा फर्किएका थिए ।