२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनसँगको खेल नेपालबाहिर हुने



अ+ अ-

काठमाडौँ । नेपालले विश्वकप छनोटमा बहराइनसँगको खेल आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ । विश्वकप छनोटका सबै खेलहरु होम एण्ड अवे आधारमा सञ्चालित हुनुपर्छ । त्यसअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालको मैदानको कारण देखाएर नेपालको होम गेम काठमाडौंमा गर्न अस्वीकार गरेको छ । अखिल नेपाल फटबल संघ (एन्फा)ले शुक्रबार एक सूचना जारी गर्दै चैत ८ गते हुने भनिएको होम गेम नेपालमा नहुने उल्लेख गरेको छ ।

‘घरेलु मैदानमा खेल्नुपर्ने खेल देश बाहिर हुनेछ, जसको घोषणा छिट्टै गरिनेछ’, एन्फाले स्रचनामा भनेको छ । चैत १३ गते नेपालले अवे खेल बहराइमै खेल्ने छ । तर होम गेमका लाग भने अर्को स्थान नेपालले नै प्रस्ताव गर्नेछ ।

बहराइनले नेपालको घरेलु मैदान दशरथ रंगशालामा खेल्न स्तरीय नभएको भन्दै एएफसीमा उजुरी गरेको थियो । त्यो उजुरीपछि एफएफसीको टोली आएर मैदानको निरीक्षण गरेका थिए ।