११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री लिएको निर्णय उपयुक्त निर्णय हो : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा ओली समूह मुलुक निर्माण गर्ने कित्ता भएको बताएका छन् । शनिबार बिराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहले मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेलेको समेत आरोप लगाएका हुन्।

मुलुक स्थायित्व, विकास र समृद्धिको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र अस्थिरता र अराजकताको नेतृत्व दाहाल, नेपाल र खनालले गरेको बताउँदै कित्ता क्ल्यिर गर्न आग्रह गरे।

उनले आफ्नै पार्टीको सरकार ढालेर देशमा अस्थिरता उत्पन्न गराउन खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए।

‘विकास र समृद्धिको यात्रामा भाँजो हाल्ने काम भयो, मूलुकलाई अराजकता, अस्थिरतातर्फ धकेल्ने प्रयास भयो, पार्टीको सरकार ढालेर ६, ९, १८ महिनामा सरकार फर्ने प्रयासको विपक्षमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभएको छ, यो उपयुक्त निर्णय हो’, उनले भने।