१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

युक्रेनसँगको केही सम्झौतामा सहमति नजिक– रुसी विदेशमन्त्री

युक्रेनसँगको केही सम्झौतामा सहमति नजिक– रुसी विदेशमन्त्री
अ अ+ अ-

एजेन्सी

मस्को । युक्रेनमा भएको भीषण आक्रमणका बीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ठूलो बयान दिएका छन् । लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति भइरहेको बताए ।

उनले युक्रेनको ‘तटस्थ स्थिति’ लाई गम्भीरतापूर्वक विचार गरिरहेको बताए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले अब ‘अधिक यथार्थपरक’ मागहरू गरिरहेको बताएकै बेला लाभरोभको भनाइ यस्तो समयमा आएको छ। जेलेन्स्कीले उनले आफ्नो देश नेटोमा सामेल नहुने स्पष्ट सङ्केत पनि गरेका छन् ।

रुसी विदेशमन्त्रीले युक्रेनसँग रुसलाई धम्की दिने हतियार हुन नहुने बताए । “युक्रेनसँग रुसलाई धम्की दिने हतियार हुनुहुँदैन”, उनले भने, “हाम्रा लागि खतरा नपर्ने हतियारमा समन्वय गर्न तयार छौँ ।”

उनले युक्रेनसँग चलिरहेको वार्ता ‘कठीन’ रहेको बताए । लाभरोभका अनुसार त्यहाँ अन्य मुद्दाहरू छन् जुन महत्त्वपूर्ण छन्। यसमा रूसी भाषाको प्रयोग र युक्रेनभित्र अभिव्यक्तिको स्वतन्त्रता समावेश छ।

जेलेन्स्कीको नेटो देशहरुप्रति निशाना 

यसअघि जेलेन्स्कीले भनेका थिए, “हामीले वर्षौंदेखि सुन्दै आएका छौँ कि कसरी नेटोमा सामेल हुने ढोका खुला छ तर अहिले हामी प्रवेश गर्न नसक्ने कुरा सुनिरहेका छौँ । र यो सत्य हो र यसलाई स्वीकार गर्नुपर्छ। म खुसी छु कि हाम्रा मानिसहरूले यो बुझ्न थालेका छन् र आफू र हामीलाई मद्दत गर्ने साझेदारहरूमा भर परेका छन्।” 

यसैबीच बेलायतको गुप्तचर निकायले रुसले देशका अन्य भागबाट युक्रेनमा सेना बोलाएको दाबी गरेको छ । जासुसी स्रोतहरूका अनुसार रुसले आफ्नो नोक्सानको पूर्ति गर्न थप सेनाहरू बोलाउँदै छ ताकि उनीहरूलाई हताहतको ठाउँमा तैनाथ गर्न सकियोस्।

सायद यही कारणले रुसले आक्रमण सुरु गर्न सङ्घर्ष गरिरहेको छ । यी सैनिकहरूको सहयोगमा रुसले आफ्नो कब्जामा रहेका क्षेत्रहरूमा आफ्नो पकड बलियो बनाउनेछ।

अर्कोतर्फ युक्रेनका मध्यस्थकर्ताले आफ्नो देशले रुससँग चलिरहेको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न रुसी वार्ताकारहरूसँग वार्ता जारी राख्ने बताएका छन् । रुस र युक्रेनबीच बुधबार पनि युद्ध जारी छ ।

रुस–युक्रेन वार्ता जारी 

रुससँग वार्ता गर्न गठित युक्रेनी प्रतिनिधिमण्डलका सदस्य र युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्वीट गरे, “बुधवार पनि वार्ता जारी रहनेछ। यो धेरै कठिन र जटिल प्रक्रिया हो। दुई देशबीच आधारभूत भिन्नताहरू छन् तर अझै पनि सहमतिको ठाउँ छ।”

यसैबीच मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलबीच युक्रेनको मुद्दामा टेलिफोन वार्ता भएको छ ।

रुसले जारी गरेको विज्ञप्तिअनुसार दुवैले युक्रेनमा रुसी विशेष सैन्य कारबाही र युक्रेनबाट सर्वसाधारणलाई निकाल्ने विषयमा छलफल गरेका थिए ।