• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

बालेन्द्र साहप्रति सांसद सिंह आक्रोसित: भने– यस्तो हर्कत नदोहोरियास्



काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताउनुभएको हो । उहाँले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताउनु भयो । उहाँले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, टाउको फुटाउने, कहिले कवाडीहरुलाई हटाउने । आज काठमाडौंको मान्छे फल खाइरहेको छ, तरकारी खाइरहेको छ, त्यो मधेसको मान्छेको कारणले हो । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । टाउको फुटिरहेको छ । उनीहरु कर तिरिरहेको छ । प्यानमा दर्ता छ । गैरकानूनी हो भने किन प्यान लिइरहेको छ । सरकार एकातिर कर पनि लिने अर्कोतिर अपमान गर्ने ? संघीय सरकारले यसमा हस्तक्षेप गरोस् । न कि संघीय सरकार, संघको गृहमन्त्री प्रहरी पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । यो नेपाल हरेक नेपालीको हो । कुनै मेयर र प्रधानमन्त्रीको मात्रै होइन । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौं होइन । यो काठमाडौं संघीय राजधानी हो । यहाँ एउटा गरिव पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ । यो प्रधानमन्त्री, मन्त्री, मेयर बस्नका लागि मात्रै काठमाडौं बनेको होइन । काठमाडौंको मेयर यस्ता हर्कतबाट बाजाओस् । नत्र काठमाडौं कुनदिन संघर्षको मैदान हुन्छ । न संघ सरकारको नियन्त्रणमा हुन्छ । न मेयरको त कुनै औकातमै छैन ।’

उहाँले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताउनु भयो ।