११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको हत्यारा छिट्टै पक्राउ पर्छ, कानूनी कठघरा नजिकै छ : गृहमन्त्री थापा



अ+ अ-

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले पन्तको हत्या गर्ने अपराधी कानूनको कठघरा नजिक आएको समेत दावि गरेका हुन् ।

उनले भने, निर्मलाको बलात्कारी पनि कानूनको कठघरा नजिक आएको छ । म सबै अपराधीहरूलाई सचेत गर्न चाहन्छु । यो सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट दिनेछैन ।

मन्त्री थापाले सरकारले महिला हिंसा विरुद्ध अभियान चलाएको समेत बताएका छन् ।

उनले भने, 'यो कार्यकालमा हामीले महिला हिंसाको विरुद्ध अभियान चलायौँ । त्यसको विरुद्ध अभियान चलायौँ । अस्ति भर्खर हाम्रा प्रधानमन्त्रीले भन्नुभयो, अपराधीहरूलाई पानीमुनि गएपनि छोड्ने छैनौं । त्यो भागरथीको सन्दर्भमा थियो, हामीले प्रधानमन्त्रीको उद्‍घोषलाई सावित गर्यौं र कानूनको कठघरामा ल्याउन सफल भएका छौं ।'