• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

संसदमा काँग्रेस सांसद बडूको प्रश्न: कृषिमन्त्री कहाँ हुनुहुन्छ ?



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले किसानले मूल्य नपाएर दुध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसदमा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गर्नुभयो । उहाँले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिनुभयो । कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उहाँले दुध किसान र मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि भईरहेको कार्यबारे तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद बडुले भन्नुभयो, ‘केही दिनयता छापाहरुमा निरन्तर रुपमा दुग्ध किसानहरुले आफ्नो दुध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन ? सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त ? सदनलाई जानकारी हुनुपर्‍यो । मिटरब्याज पीडितहरुका समस्या समाधान गर्न हामीले पछिल्लो संसदबाट कानून बनायौं । तर आजबाट सबैतिरबाट काठमाडौं धाउनुपर्ने अवस्था किन रह्यो ? यदी यो कानूनमा अझै त्रुटी रह्यो भने ल्याउनुपर्‍यो । संसदमा संशोधन गरौं । होइन कानूनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन भने यो अर्को गम्भिर विषय हो । त्यसकारण सरकारले यी सबै विषयमा छिटो भन्दा छिटो संसदमा जवाफ दिनुपर्‍यो ?’

सांसद बडूले मिटरब्याज सम्बन्धि कानूनमा कुनै त्रुटी भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।