२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा काँग्रेस सांसद बडूको प्रश्न: कृषिमन्त्री कहाँ हुनुहुन्छ ?



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले किसानले मूल्य नपाएर दुध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसदमा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गर्नुभयो । उहाँले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिनुभयो । कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उहाँले दुध किसान र मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि भईरहेको कार्यबारे तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद बडुले भन्नुभयो, ‘केही दिनयता छापाहरुमा निरन्तर रुपमा दुग्ध किसानहरुले आफ्नो दुध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन ? सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त ? सदनलाई जानकारी हुनुपर्‍यो । मिटरब्याज पीडितहरुका समस्या समाधान गर्न हामीले पछिल्लो संसदबाट कानून बनायौं । तर आजबाट सबैतिरबाट काठमाडौं धाउनुपर्ने अवस्था किन रह्यो ? यदी यो कानूनमा अझै त्रुटी रह्यो भने ल्याउनुपर्‍यो । संसदमा संशोधन गरौं । होइन कानूनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन भने यो अर्को गम्भिर विषय हो । त्यसकारण सरकारले यी सबै विषयमा छिटो भन्दा छिटो संसदमा जवाफ दिनुपर्‍यो ?’

सांसद बडूले मिटरब्याज सम्बन्धि कानूनमा कुनै त्रुटी भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।