• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

प्रधानमन्त्री खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने हो ?– एमाले



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको खोजी गर्न माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बौल्दै एमाले सांसद सूर्य थापाले संसद्‍मा उठाएका विषयमा जवाफ दिन सभामखले पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको आरोप लगाए ।

सरकार संसद्प्रति जवाफदेही बनेको आरोप लगाउदै उनले भने, ‘सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’