५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इशान किशन–श्रेयस अय्यरलाई अर्को झट्का, दुवै टी–२० विश्वकपबाट बाहिरिने सम्भावना



अ+ अ-

एजेन्सी । ईशान किशन र श्रेयस अय्यरलाई बीसीसीआईको वार्षिक केन्द्रीय सम्झौताबाट बाहिर राखिएको छ । यससँगै बोर्डले यी दुई खेलाडीलाई कडा चेतावनी पनि दिएको छ ।

बीसीसीआईले आफ्नो प्रेस विज्ञप्तिमा दुवैको नाम वार्षिक सम्झौताका लागि विचार नगरिएको स्पष्ट लेखेको छ । बोर्ड र सचिव जय शाहको सल्लाहका बाबजुद दुवै खेलाडी रणजी ट्रफीबाट बाहिरिएका थिए । झारखण्डका लागि खेल्नुको सट्टा इशानले बडोदामा आफ्नै तालिम लिए ।

त्यही क्रममा श्रेयसले चोटको कारण देखाउँदै मुम्बईका लागि खेल नखेल्ने निर्णय गरे । इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा फ्लप भएपछि उनी टोलीबाट बाहिरिएका थिए । मिडिया रिपोर्टका अनुसार अब यी दुई विरुद्ध अर्को ठूलो निर्णय हुनसक्छ ।

रणजी ट्रफीमा दुवैको अनुपस्थितिले उनीहरुलाई ठूलो असर पारेको छ । इशान र श्रेयस अहिले टी–२० विश्वकपबाट बाहिरिने खतरामा छन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार जुनमा हुने आईसीसी इभेन्टमा यी दुईको नाममा विचार गरिने छैन । प्रतिवेदनमा यो पनि भनिएको छ कि अब उनीहरु दुवैले सम्झौताबाट बाहिरिएपछि भविष्यमा टिम इन्डियाबाट खेल्नेमा शंका लागेको छ ।

इशान र श्रेयसले केन्द्रीय सम्झौतामा समावेश गर्नुपर्ने न्यूनतम संख्या खेले पनि केन्द्रीय सम्झौतामा समावेश गर्न नमिल्ने प्रतिवेदनमा उल्लेख छ । दुबैले म्याच फी मात्र पाउनेछन् ।

यो पनि पढ्नुुस्ः केन्द्रीय सम्झौताबाट किन बाहिरिए इशान–श्रेयस ?

यस्तो छ भारतीय क्रिकेटरको वर्गिकरण, कुन खेलाडीले कति तलब थाप्छन् ?