२७ श्रावण २०८३, बुधबार
,
Latest
इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा बजेट विवाद मिलाउन संसदीय विशेष समिति गठन गर्न दलहरूबिच सहमति



अ+ अ-

हेटौडा । बागमती प्रदेशमा सरकार र प्रतिपक्षी दलबीच देखिएको बजेटसम्बन्धी विवाद समाधानका लागि विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् ।

बिहीबार दलहरूबिच भएको छलफलमा सबै दलहरूको प्रतिनिधित्व हुने समिति गठन गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्साल संयोजकत्वमा बन्न लागेको समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २-२ जना रहनेछन् । नेमकिपाले भने समितिमा बस्न अस्वीकार गरेको छ ।

समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलले जानकारी दिए । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने उनले बताए ।

दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठकले समितिका सदस्यहरू चयन गर्ने छ ।