२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अर्यालको प्रश्न: सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित नै बस्नुपर्ने हो ?



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने छडजन्य सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताउनु भयो । उहाँले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले जनतालाई गुणस्तरहीन सामग्रीहरु बेच्नेकुरा सरकार बिहीन जस्तो अनुभुति भएको बताउनु भयो । उहाँले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताउनु भयो । गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले मजदुरलाई गरेको व्यवहारले धेरै नै दूरगामी असर पर्नेछ । कुनै पनि देशको नागरिक किन नहोस् यो देशमा आएर काम गरिसकेपछि त्यो नागरिकमाथि हताहत हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा हामीले गुपचुप राख्छौँ भने यति संवेदनशील विषय समितिमा उठ्छ भने यो विषयमा बहुत संवेदनशील भएर ध्यान दिनुपर्छ । जो व्यक्तिको मृत्यु भएपनि जुन देशको नागरिक किन नहोस्, यो देश भित्र आएर कलकारखानामा काम गरिरहेको छ भने ती कर्मचारीलाई दिनुपर्ने ध्यान दिनुपर्छ ।’

‘वातावरणको कुरा छ, विश्वबाटै लोप हुन लागेको प्रविधि हामी अझै अघि बढाउँदैछौँ भनेपछि अर्को संवेदनशील छ । जसले प्रदुषणमा समस्या पारेको छ । जनताले प्रयोग गर्ने चिज हामीले त्यसलाई मापदण्डमा क्वालिटीमा ध्यान दिएका छैनौँ । र सरकारले बनाउने संरचनामा पास हुँदैन । सरकारले बनाउने संरचनामा त्यो पास हुँदैन, अरु ल्याएर बनाउने, अनि जनतालाई जे पनि बेच्ने भनेपछि त यो राज्य नभएको, सरकार नभएको जस्तो भयो । सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति भयो । यहाँहरु निर्मम हुनुपर्छ, यहाँहरुले बन्द गरिदिनुपर्छ त्यस्ता गुणस्तरहीन छन् भने ।’

उहाँले नेपालमा आइ काम गरिसकेपछि मजदुरहरुलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।