११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा बन्द



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.६६ अंकले बढेर २ हजार ६४०.३४ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स भने २.२० अंक घटेर ४७९.५८ विन्दुमा झरेको हो । 

आइतबार समग्र धितोपत्र कारोबार मापक नेप्से इन्डेक्स सामान्य अंकले उकालो लागे पनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको हो । यस दिन २०६ वटा कम्पनीको ९१ हजार ३७८ पटकको व्यापारमा रू. ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता शेयर खरीदविक्री भएको छ ।

यो दिन बैंकिङ समूहक ०.३७ प्रतिशत, वित्त ०.३५ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत, लघुवित्त १.०१ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १.९६ प्रतिशतले घटेको छ । 

आइतबारको बजारबाट म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन म्युचुअल फण्ड समूहको सर्वाधिक ६.४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४.२९ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन व्यापारिकको ०.५४ प्रतिशत, होटलको ०.५९ प्रतिशत, विकास बैंकको १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.०८ प्रतिशत र अन्यको १.८८ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन नेपाल बैंकले कुल कारोबारमा सर्वाधिक हिस्सा ओगटेको छ । उक्त बैंकको रू. ६१ करोड ४२ लाख ६२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त बैंकको शेयरमूल्य भने ४.७८ प्रतिशत अर्थात प्रतिकित्ता रू. २१ ले बढेर रू. ४६० कायम भएको छ ।