• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सावित्राले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गर्दै साम्बाले बिहिवार राति हुने जोर्डनविरुद्धको फाइनल नखेल्ने जनाएको हो ।

फ्रान्सेली क्लबमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र उपस्थिति जनाउनुपर्ने अनुमति दिन्छ । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् ।

वाफ च्याम्पियनसिपमा साम्बाले चार खेल खेलेकी छिन्। सबै खेलमा गोल गरेकी साम्बाको ९ गोलसहित सर्वाधिक गोलकर्ता सूचीमा अग्रस्थानमा छिन् ।