२७ श्रावण २०८३, बुधबार
,
Latest
इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्राले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने



अ+ अ-

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गर्दै साम्बाले बिहिवार राति हुने जोर्डनविरुद्धको फाइनल नखेल्ने जनाएको हो ।

फ्रान्सेली क्लबमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र उपस्थिति जनाउनुपर्ने अनुमति दिन्छ । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् ।

वाफ च्याम्पियनसिपमा साम्बाले चार खेल खेलेकी छिन्। सबै खेलमा गोल गरेकी साम्बाको ९ गोलसहित सर्वाधिक गोलकर्ता सूचीमा अग्रस्थानमा छिन् ।