३ श्रावण २०८३, आईतवार
,
Latest
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव झापाका किसानलाई रासायनिक मलको अभाव गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ : भारत भ्रमणमा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा हुनुहुन्छ । रासस