• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

राजनीतिमा आउने कंगना रनावतको संकेत



एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो अभिनयका साथै खुलेर आफ्नो विचार व्यक्त गर्नका लागि पनि परिचित छिन् । पछिल्लो समय कंगना रनावत राजनीतिमा प्रवेश गर्न लागेको खबरले चर्चामा छिन् ।

अभिनेत्रीलाई उनको राजनीतिमा आउने योजनाको बारेमा प्रायः सोधिन्छ । भर्खरै एक कुराकानीको क्रममा कंगनालाई सोधियो कि उनी लोकसभा चुनावमा भाग लिने योजनामा ​​छिन् । यो प्रश्नमा कंगनाले रोचक जवाफ दिँदै राजनीतिमा प्रवेश गर्ने यो सही समय भएको बताइन् ।

लोकसभा चुनाव लड्ने भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मलाई चुनाव लड्ने कि नलड्ने घोषणा गर्ने अधिकार छैन । तर, म राजनीतिमा नभई पनि सचेत महिला हुँ । मैले सधैं देशको लागि काम गरेको छु ।’ उनले थपिन्, ‘फिल्मको सेटबाट पनि राजनीतिक दलसँग लडाइँ गरेको छु । म राजनीतिमा बसु या नबसुँ देशको लागि काम गरिरहनेछु । मलाई यो सबै गर्नबाट कसैले रोक्न सक्दैन ।’

उनले थपिन्, ‘यो देश र जनताले मलाई धेरै माया दिएका छन् । म उत्तरबाट हुँ, तर मैले दक्षिणमा पनि काम गरेको छु । मैले मेरा फिल्महरूमा दिल्ली र हरियाणाका केटीहरूको भूमिका पनि निभाएँ। यति मात्र होइन, मैले झाँसीकी रानीको भूमिका पनि निभाएँ । यो देशले मलाई धेरै दिएको छ, जसको लागि म धेरै आभारी छु । म सँधै राष्ट्रवादी छु ।’

कंगना रनावत पछिल्लो पटक ‘चन्द्रमुखी २’ र ‘तेजस’ मा देखिएकी थिइन् । आफ्नो आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै फिल्म ‘इमर्जेन्सी’ मा इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । फिल्ममा कंगनाले मुख्य भूमिका मात्र नभई निर्देशन पनि गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीलाई विष्णु मान्चु स्टारर फिल्म ‘कनप्पा’का लागि पनि छनोट गरिएको छ । यसमा प्रभासले भगवान शिवको भूमिका निभाएका छन् भने विष्णु मान्चुले उनको भक्तको भूमिका निभाउनेछन् ।