१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ लाई खाडी देशमा प्रतिबन्ध लगाइयो



अ+ अ-

एजेन्सी । यामी गौतम स्टारर एक्शन पोलिटिकल थ्रिलर फिल्म आर्टिकललाई ३७० खाडी देशमा प्रतिबन्ध लगाइएको छ ।

आर्टिकल ३७० यस्तो सेन्सरशिपको सामना गर्ने वर्षको दोस्रो चलचित्र हो । यसअघि ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ यूएई बाहेक सबै खाडी मुलुकमा प्रतिबन्धित भएको थियो ।

आदित्य सुहास जाम्बाद्वारा निर्देशित फिल्म आर्टिकल ३७० मा राजनीतिक मुद्दालाई गहिराइमा देखाइएको छ । यो फिल्म जम्मू कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गर्ने पीएमओको निर्णयमा आधारित छ ।

फिल्ममा यस्ता धेरै विषय देखाइएको छ, जसबाट आज पनि मानिस अनविज्ञ छन् । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ तर बहराइन, कुवेत, इराक, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्समा प्रतिबन्ध लगाइएको छ ।