२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी

राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक: प्रधानमन्त्री देउवा (भिडियोसहित)

राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक: प्रधानमन्त्री देउवा (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनु भएको छ । बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । उहाँले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गर्नु भयो । उहाँले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक रहेको पनि बताउनु भयो ।प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परिषद्लाई दिइएको छ ।

यस्तो महत्वपूर्ण र संवेदनशील भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो जिममेवारी अत्यन्त निष्ठा र नियन्त्रणका साथ सम्पादन गरेको पाउँदा मलाई प्रशन्नताको अनुभव भएको छ । राष्ट्रको आन्तरिक सुरक्षा र प्रतिरक्षा चुनौति जस्ता संवेदनशील विषयहरुलाई उच्च महत्व र प्राथमिकतामा राखि राष्ट्रको संविधानमा निर्दिष्ट भए बमोजिम राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक सुरक्षा परिस्थितिलाई समेत मूल्यांकन गर्दै राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण विषयको गहन अध्ययन अनुसन्धान गरी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उचित राय, सुझाव प्रदान गर्ने प्रमुख जिम्मेवारीका साथै परिषद्को प्रशासनिक निकायको भुमिकासमेत निर्वाह गरेको यस सचिवालयले आगामी दिनमा थप प्रभावकारीताका साथै कार्यसम्पादन गर्ने विश्वास मैले लिएको छु ।

राष्ट्रिय सुरक्षालाई सर्वपक्षीय महत्व दिँदै सरकारले यस क्षेत्रको सुदृढिकरणको लागि राष्ट्रिय सुरक्षा नीति, प्रतिरक्षा नीति लगायतका नीति तथा कार्यहरुको कार्ययोजनाको अन्तिम कार्यान्वयनमा ल्याएको छ । राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयारसमेत भइ सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाइसकिएको छ । उक्त कार्ययोजनामा उल्लेखित क्रियाकलापहरुलाई निर्दिष्ट समयभित्रै कार्यान्वयनमा उतारी राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक छ । एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको सन्दर्भमा यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा यस सचिवालयले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेको छु ।’

प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा यस सचिवालयले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखेको पनि बताउनु भयो ।