• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

फाइनल पुग्न लेवनानको सामना गर्दै नेपाल



काठमाडौँ । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा आज नेपालले लेवनानको सामना गर्दैछ । नेपाल र लेवनानबीचको खेल राति पौने ११ बजे सुरु हुनेछ ।

समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालको जारी प्रतियोगितामा उच्च प्रदर्शन छ । नेपालका फरवार्ड साबित्रा भण्डारीले प्रतियोगितामा ८ गोल गरिसकेकी छन् । उनले नेपालको प्रमुख लक्ष्य उपाधि जित्ने नै रहेको बताउँदै आएकी छन् ।

यस्तै, आज नै अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइनले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल बिहीबार हुनेछ ।