३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग नयाँ फर्म्याटमा आजदेखि सुरु हुँदै, यस्तो छ नयाँ बदलाव



अ+ अ-

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो फुटबल लिग युइएफए च्याम्पियन्स लिग आज मंगलबारदेखि सुरु हुँदैछ । छ वर्ष भन्दा बढीको योजना, असफल प्रस्ताव र सुपर लिग सुरु गर्न असफल भएपछि च्याम्पियन्स लिग आजदेखि नयाँ ढाँचामा देख्न सकिनेछ ।

छ वर्ष भित्र, प्रमुख क्लबहरूले लिगको आयोजक, युरोपियन युनियन फुटबल एसोसिएसन (युइएफए)लाई परिवर्तन गर्न दबाब दिए, जसले युरोपेली फुटबलमा उथलपुथल ल्यायो ।

फलस्वरूप क्लबहरूले उनीहरूले चाहेको सबै कुरा पाए । धेरै टोलीहरू, धेरै खेलहरू र त्यो पनि बलियो प्रतिस्पर्धीहरूविरुद्ध, धेरै पैसा रहेको लिग अब देख्न सकिनेछ ।

अब ३२ टोलीको सट्टा ३६ टोलीको सहभागिता रहनेछ, जसमध्ये १८९ खेल हुनेछन् । गत सिजनसम्म १२५ खेल भएका थिए । प्रत्येक टोलीले ६ को सट्टा ८ खेल खेल्नेछ । त्यो पनि तीन विपक्षी विरुद्ध हैन आठ विपक्षी विरुद्ध । अर्को वर्ष मे ३१ मा म्युनिखको एलियान्ज एरिनामा च्याम्पियन्स लिगको विजेता पाइनेछ ।

युइएफएले ३६ क्लबका लागि २.८ बिलियन डलरको पुरस्कार राशि राखेको छ, जुन गत सिजनको तुलनामा २५ प्रतिशत बढी हो । विजेताले १७७ मिलियन डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

सहभागिताका लागि प्रत्येक टोलीले लगभग २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गर्नेछ । लिग चरणमा प्रति खेल जितअनुसार ३० करोड ३८ लाख र ड्रमा १० करोड ३९ लाख रुपैयाँ दिइनेछ ।

सबै ३६ टोलीहरू एकल लिग स्ट्यान्डिङमा शीर्षदेखि तलसम्म क्रमबद्ध छन्, जुन जनवरीमा समाप्त हुनेछ । जबकि यसअघि डिसेम्बरमा समूह चरणका खेलहरू सकिएका थिए । जनवरी सम्म लिग राउन्ड एकदम सरल छ । प्रत्येक टोलीले ८ खेल खेल्नुपर्नेछ, जसमा ४ घरेलु र ४ अवे रहेको छ । टोलीले जितको लागि तीन अंक र बराबरीमा एक अंक पाउनेछ । नकआउट राउण्डमा पुग्न अलि जटिल छ ।

युइएफएका अनुसार नकआउटको दौडमा रहनका लागि टोलीलाई बढीमा ८ अंक चाहिन्छ । जनवरी २९ मा तालिकाको शीर्ष–८ मा रहेका जुनसुकै टोलीहरू सीधै प्रि–क्वार्टरफाइनलका लागि छनोट हुनेछन्, जहाँ उनीहरूलाई १ देखि ८ सम्म सीड गरिनेछ । नवौंदेखि २४औं स्थानमा रहेका टोली फेब्रुअरीमा नकआउट प्लेअफ चरणमा प्रवेश गर्नेछन् । ९ देखि १६ सम्मको टोलीलाई वरियता दिइनेछ भने १७ देखि २४ सम्मको टोली वरियताविहीन हुनेछ । तालिकाको पुछारमा रहेका १२ टोली बाहिरिनेछन् ।

युरोपको यो एलिट फुटबल प्रतियोगितामा केही क्लब फर्किएका छन् भने केही पहिलो पटक खेलिरहेका छन् । इंग्लिस क्लब एस्टन भिल्ला ४१ वर्षपछि लिगमा फर्किएको छ । एस्टन भिल्ला सन् १९८१ मा विजेता बनेको थियो ।

इटालियन क्लब बोलोग्ना १९६४ युरोपियन कपपछि टूर्नामेंटमा फर्कदैछ । स्पेनिस क्लब जिरोना र फ्रान्सेली क्लब ब्रेस्ट पहिलो पटक लिग खेल्दैछन् ।

आजका खेलहरुः
युभेन्ट्स भर्सेस पिएसभी – २२ः३० बजे
योङ ब्वाइज भर्सेस एस्टन भिल्ला – २२ः३० बजे
रियल मड्रिड भर्सेस स्टुटगार्ट – ००ः४५ बजे
बायर्न म्युनिख भर्सेस डिनामो जाग्रेव – ००ः४५ बजे
स्पोर्टिङ भर्सेस लिल – ००ः४५ बजे
एसी मिलान भर्सेस लिभरपुल – ००ः४५ बजे