२१ मंसिर २०८२, आईतवार
,
Latest
साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य



अ+ अ-

काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि मेडिसीटी अस्पताल पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । भजन शिरोमणिको उपनामले पनि परिचित उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनका दुई छोराहरू सत्य र स्वरूपराज पनि गायक हुन् ।