२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य



अ+ अ-

काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि मेडिसीटी अस्पताल पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । भजन शिरोमणिको उपनामले पनि परिचित उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनका दुई छोराहरू सत्य र स्वरूपराज पनि गायक हुन् ।