६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक ३२.६७ अंकले ओरालो, जलविद्युत् कम्पनीको  शेयरमूल्यमा भने उच्च वृद्धि



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३२.६७ अंक घटेर बन्द भएको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा १.२४ प्रतिशत तल झरेको हो ।

सोमबार उच्च अंकले घटेको बजारमा ४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । यीमध्ये पनि आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ ।यस दिन बजारमा उच्च मूल्य वृद्धि हुनेमा अघिकांश जलविद्युत् कम्पनी रहेका छन् । आँखुखोला जलविद्युत् कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ६ वटा कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसदिन नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ९.९३ प्रतिशत, अपर तामाकोशीको ९.८३ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ९.६७ प्रतिशत, शिवश्री हाइड्रोपावर लिमिटेडको ९.६३ प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको ९.५९ प्रतिशत र खानीखोला हाइड्रोपावर कम्पनीको ९.४० प्रतिशतले शेयरमूल्य बढेको छ ।

सोमबार १२ वटा समूहगत परिसूचक मध्य जलविद्युतको २.२६ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.९२ प्रतिशत अर्थात् ९.२२ अंक घटेर ४७०.३६ विन्दुमा झरेको छ । 

यो दिन २०७ वटा कम्पनीको रू. ८ अर्ब ४० करोड ६३ लाख १० हजार बराबरको २ करोड १६ लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३८ करोड २४ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  

सोमबार बैंकिङ, व्यापारिक र विकास बैंक समूहले सर्वाधिक गुमाएका छन् । सेञ्चुरी बैंक, सिभिल बैंक र मेगा बैंकको शेयरमूल्य यो दिन ५ प्रतिशतभन्दा बढीले घटेको छ । सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. १६ ले घटेर अन्तिम मूल्य रू. २७४, सिभिल बैंकको प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २४९ र मेगा बैंकको प्रतिकित्ता रू. १७ ले घटेर अन्तिम मूल्य रू. ३१० कायम भएको हो । यो दिन नबिल इक्वीटी फण्डको इकाई मूल्य पनि ५.०२ प्रतिशत घटेर प्रति इकाई रू. १२.११ कायम भएको छ ।

गत साताको सोमबारदेखि निरन्तर बढेको बजार यो साताको सोमबार नै आएर घटेको हो । लगातार पाँच कारोबार दिन बढेको बजारबाट सोमबार भने लगानीकर्ताहरुले नाफा बुक गरेका छन् । कारोबारमा लगानीकर्ताहरुले नाफा बुक गर्दै अघि बढ्नु सकारात्मक पक्ष भएको जानकारहरु बताउछन् । बजार निरन्तर बढ्नु भन्दा करेक्सन हुँदै बढ्दा बजारले सहि गति लिने विश्लेषण गरिएको छ ।