९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक ३२.६७ अंकले ओरालो, जलविद्युत् कम्पनीको  शेयरमूल्यमा भने उच्च वृद्धि



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३२.६७ अंक घटेर बन्द भएको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा १.२४ प्रतिशत तल झरेको हो ।

सोमबार उच्च अंकले घटेको बजारमा ४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । यीमध्ये पनि आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ ।यस दिन बजारमा उच्च मूल्य वृद्धि हुनेमा अघिकांश जलविद्युत् कम्पनी रहेका छन् । आँखुखोला जलविद्युत् कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ६ वटा कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसदिन नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ९.९३ प्रतिशत, अपर तामाकोशीको ९.८३ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ९.६७ प्रतिशत, शिवश्री हाइड्रोपावर लिमिटेडको ९.६३ प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको ९.५९ प्रतिशत र खानीखोला हाइड्रोपावर कम्पनीको ९.४० प्रतिशतले शेयरमूल्य बढेको छ ।

सोमबार १२ वटा समूहगत परिसूचक मध्य जलविद्युतको २.२६ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.९२ प्रतिशत अर्थात् ९.२२ अंक घटेर ४७०.३६ विन्दुमा झरेको छ । 

यो दिन २०७ वटा कम्पनीको रू. ८ अर्ब ४० करोड ६३ लाख १० हजार बराबरको २ करोड १६ लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३८ करोड २४ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  

सोमबार बैंकिङ, व्यापारिक र विकास बैंक समूहले सर्वाधिक गुमाएका छन् । सेञ्चुरी बैंक, सिभिल बैंक र मेगा बैंकको शेयरमूल्य यो दिन ५ प्रतिशतभन्दा बढीले घटेको छ । सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. १६ ले घटेर अन्तिम मूल्य रू. २७४, सिभिल बैंकको प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २४९ र मेगा बैंकको प्रतिकित्ता रू. १७ ले घटेर अन्तिम मूल्य रू. ३१० कायम भएको हो । यो दिन नबिल इक्वीटी फण्डको इकाई मूल्य पनि ५.०२ प्रतिशत घटेर प्रति इकाई रू. १२.११ कायम भएको छ ।

गत साताको सोमबारदेखि निरन्तर बढेको बजार यो साताको सोमबार नै आएर घटेको हो । लगातार पाँच कारोबार दिन बढेको बजारबाट सोमबार भने लगानीकर्ताहरुले नाफा बुक गरेका छन् । कारोबारमा लगानीकर्ताहरुले नाफा बुक गर्दै अघि बढ्नु सकारात्मक पक्ष भएको जानकारहरु बताउछन् । बजार निरन्तर बढ्नु भन्दा करेक्सन हुँदै बढ्दा बजारले सहि गति लिने विश्लेषण गरिएको छ ।