• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक ★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ

बानेश्वरमा समुदाय र प्रहरी ‘दुव्यर्सनी’ खोज्न टर्च बालेर झाडीमा छिरे…..



काठमाण्डौ । प्रहरी वृत्त नयाँबानेश्वरको कार्य क्षेत्र अन्तर्गत पर्ने नयाँबानेश्वरका विभिन्न गल्ली, साँघुरा सडक, सार्वजनिक उद्यान, झाडी र बुट्ट्यानमा लागुपदार्थका दुव्यर्सनीका कारण साँझपख र राती सर्वसाधारणलाई आवत जावतमा कठिनाई भएको, चोरी र लुटपाटका घटना बढेको भन्ने गुनासो बढेपछि आइतबार राती स्थानीय समुदाय र प्रहरीले रात्री गस्ती गरेको छ ।

रात्री गस्ती गर्ने प्रहरी र समुदायका प्रतिनिधिहरु सबैले टर्च बालेर गल्ली, झाडी र बुट्ट्यानमा दुव्यर्सन खोजेका थिए ।

नयाँबानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीको अगुवाई र समन्वयमा समुदाय र प्रहरी मिलेर रात्री गस्ती गरिएको यो नै संभवत काठमाण्डौको पहिलो घटना हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको ‘सुरक्षित काठमाण्डौ उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई व्यवहारमा उतार्न ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत समुदाय र प्रहरी मिलेर नयाँबानेश्वरमा पहिलोपटक रात्री गस्ती गरिएको हो । अन्य समयमा भने प्रहरी मात्रैले रात्री गस्ती गर्दै आएको छ ।

सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० का इन्चार्ज तारा राम दयाल सहित नयाँबानेश्वर वृत्तका प्रहरीको साथै काठमाण्डौ महानगरपालिका वढा नं १० र ३१ वडाका जनप्रतिनिधि र स्थानीय संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित टोलीले आइतबार राती लागुऔषध दुव्र्यसनी र शंकास्पद चोर लुक्ने ठाउँ खोज्दै गस्ती गरेको हो ।

सामुदायिक सेवा समिति बानेश्वर १०, नयाँमार्ग टोल सुधार समितिका पदाधिकारी, महानगरको १० नं वडा सदस्य नरोज अर्याल, ३१ का वडा सदस्य अशोक केसी, सामुदायिक सेवा समिति बानेश्वर १० का महासचिव अशोक कार्की, नयाँमार्ग टोल सुधार समितिका सचिव सुनिल उपाध्याय तथा देशभक्त युवा शक्ति समाजका प्रतिनिधिका साथै स्थानीय टोलवासीहरु रात्री गस्तीमा सहभागि थिए ।

सो टोलीले महानगरको वडा नं १० नयाँबानेश्वरका विभिन्न टोल र गल्लीहरु कान्ति गल्ली, नयाँ मार्ग, सरस्वती मार्ग,बोगटी मार्ग, थापागाँऊ र मनकामना मार्ग लगायत टोलमा करीव डेढ घण्टा रात्री गस्ती गरेको थियो ।

आइतबार राती नमुनाको रुपमा समुदाय प्रहरीले संयुक्तरुपमा गरेको रात्री गस्तीले समाजमा राम्रो सन्देश दिएको उललेख गर्दै यस्तो गस्ती वृत्त अन्तर्गतको अन्य वडाका टोल र गल्लीहरुमा पनि विस्तार गरिने गरिएको नयाँबानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले बताए ।