१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

‘अभिषाप बन्यो खडीखानीको सपना’

‘अभिषाप बन्यो खडीखानीको सपना’
अ अ+ अ-

चैनपुर । कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जानु हुन्थ्यो । यतिसम्मकि यहाँका धेरै युवाले कमाइको लोभमा माध्यमिक तहको अध्ययन गर्नुभन्दा मुग्लान पस्नुलाई आफ्नो भलाई ठान्थे । त्यस्तै नियतिले मष्टा गाउँपालिका–६ का लक्ष्मण बोहरालाई पनि पछ्यायो ।

विगत १२र१५ वर्षदेखि त्यहाँ आउनुजानु लक्ष्मणको नियमित कर्मजस्तै थियो । यहीक्रममा एक दशकअघि पनि उहाँले मङ्सिरमा खेतबारीमा गहुँ छरेर दर्जनबढी आफन्तसँगै दैलो छोड्नुभयो । सुरूआती दिन राम्रैसँग बिते । यसताका कामको चापले घर छोडेको १५ महिनापछि मात्रै जन्मथलो फर्किएको उहाँको मनस्पटलमा ताजै छ । “जीवनको पहिलो कमाइ बाआमालाई दिँदा उहाँहरूको आँखामा खुसीको आँशु बगेको थियो,” लक्ष्मण सम्झनुहुन्छ, “छोरो गरी खाने भइसक्यो भनेर गाउँभरि खुसी साट्दै मिठाइ बाड्नुभएको अहिल्यै होजस्तो लाग्छ ।”

मेहनतअनुसार खडीखानीको कमाइले बाबाआमालाई सदरमुकाम राख्ने, घर–जमिन जोड्ने र त्यसपछि बिहे गर्ने लक्ष्मणको तयारी थियो तर उहाँले १० वर्षअघि विवाह गर्नै पर्ने भयो । बिहेपछि पनि उहाँको कमाइ राम्रै थियो । आवतजावत चलेकै थियो । उहाँ पाँचौपटक बाबाआमा र छोरीलाई सदरमुकाम राख्ने र उतै पढाउने सल्लाह गरेर खडीखानीतर्फ लाग्नुभयो तर यो उहाँको अन्तिम यात्रा भयो । खानी खन्दैगरेका बेला पहिरो पहिरो झर्यो । त्यही पहिरो उहाँका लागि अभिषाप बनेर आयो । लक्ष्मणले दिएको जानकारी अनुसार पहिरो झरेपछि सँगै काम गरिरहेका साथीहरू भाग्न सफल भए तर उहाँ भने सुरूकै ढुङ्गा टाउकोमा लागेर त्यही ढल्नुभयो । पछि ठूलो पहिरोले कम्मरभन्दा मुनीको भाग पूरै च्यापियो ।

“मेरो होस् नै थिएन । अन्य साथीहरूले अचेत अवस्थामै अस्पताल पुर्याए छन् । अस्पतालमा महिनादिनपछि मात्रै मेरो चेत खुल्यो । ठेकेदार र अस्पतालले चलखेल गरेर सञ्चो भइसक्यो भनेर घर पठाए”, ति दिन सम्झिँदै उहाँ भन्नुहुन्छ,“सामान्य औषधि दिएर ‘डिस्चार्ज’ गर्यो तर फेरि असञ्चो भएपछि मेरा भाइहरू भएको ठाउँ बैङ्लोरमा लिएर उपचार गरियो ।”

त्यहाँ चार महिनासम्म उपचार गरिएपछि चिकित्सकको सल्लाहमा औषधि बोकेर घर पठाइएको उहाँले बताउनुहुन्छ । “घर फर्कँदा मर्नु न बाँच्नु भयो । अहिले आमाबुबा र श्रीमतीले स्याहार्दै आएका छन् । छ वर्षदेखि परिवारको सहयोग र औषधिको भरमा स्वास धानिएको छ”, लक्ष्मणले मलिन मुद्रामा भन्नुभयो ।

लक्ष्मणको मेरूदण्ड भाँचिएको हुँदा कम्मरभन्दा तलको भाग चल्दैन । अहिले ७३ वर्षीय बुबा धनपति बोहराले उहाँलाई सहारा दिइरहनुभएको छ । आफू र श्रीमतीले पाउने वृद्धभत्ता र छोरा लक्ष्मणले पाउने अपाङ्गता भत्ताबाट परिवारको पेट पालिएको बुबा धनपतिले बताउनुभयो । “ आफ्नो जीवन बाचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो । विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो । छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिदा पनि सञ्चो भएको छैन । अब बाँकी दिन कसरी काट्ने होला”, उहाँले भन्नुभयो ।

बुबा धनपतिका अनुसार छोराको उपचारका लागि रु ३५ लाख खर्च भएको छ भने त्यसमध्ये पाँच लाख भाइ, पाँच लाख रोजगारदाताले दिएको र रु २५ लाख लक्ष्मणकै भागको जग्गा बेचेर खर्च गरिएको हो ।

“बुबाआमालाई सुख दिने बेलामा उल्टै बुढेसकालमा उहाँहरूको गलगाँडजस्तै भएको छु । उठ्न र बस्नसक्ने अवस्था पनि छैन । अझै घाउ सञ्चो भएको छैन । घरका सबैले काम छोडेर मेरै सेवा गरिरहनुपरेको छ”, लक्ष्मणले पीडा पोख्नुभयो । उहाँले विगत छ वर्षदेखि मासिक २० हजार बराबरको औषधि नियमितरूपमा सेवन गरिरहनुपरेको सुनाउनुुभयो ।

त्यो खर्च धान्न बोहरा परिवारलाई धौधौ छ । “अन्न नउब्जिएपछि छाक टार्नै मुस्किल छ । कमाई छैन, सामाजिक सुरक्षा भत्ताले खान पुग्दैन । त्यसैमा छोराको उपचारमा ऋण लागेकाले समस्यामा छौँ”, बुबा धनपतिले दु:खेसो पोख्नुभयो । रासस