१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले राप्रपासँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्ने समूहमा महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहित केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताहरू रहेका छन्।

वक्तव्यमा उनीहरूले राप्रपाको मूल वैचारिक आधार संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्र भए पनि पछिल्ला वर्षहरूमा पार्टी नेतृत्वले त्यसअनुसारको मार्गबाट विचलन गरेको आरोप लगाएका छन्। २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनले दिएको “सिद्धान्त र जनताकेन्द्रित राजनीति” भन्ने म्यान्डेटलाई बेवास्ता गर्दै नेतृत्व आत्मकेन्द्रित शैलीमा अघि बढेको उनीहरूको दाबी छ।

उनीहरूले पार्टी नेतृत्वले केन्द्रीय कार्यसमितिलाई जानकारी नदिई सरकारको “न्यूनतम साझा कार्यक्रम” अन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणसम्बन्धी प्रक्रियामा सहभागी भएको विषयलाई विशेष रूपमा आलोचना गरेका छन्। यसले पार्टीको मूल लक्ष्य र नीति विपरीत काम भएको भन्दै उनीहरूले प्रश्न उठाएका छन्।

वक्तव्यमा नेतृत्वको निर्णय प्रक्रियामा पारदर्शिता नभएको, वैधानिक निकायहरूको भूमिका कमजोर बनाइएको तथा विधानको पालना नभएको आरोप पनि लगाइएको छ। नेताहरूका अनुसार आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा कारबाही र दबाबमार्फत नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको थियो।

उनीहरूले पछिल्ला निर्वाचन परिणामलाई समेत उल्लेख गर्दै पार्टीप्रति जनविश्वास घट्दै गएको निष्कर्ष निकालेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनु पार्टीको कमजोर स्थितिको प्रमाण भएको उनीहरूको भनाइ छ।

पार्टी परित्याग गर्ने नेताहरूले अबदेखि राप्रपासँग कुनै पनि प्रकारको संगठनात्मक सम्बन्ध नरहने स्पष्ट गरेका छन्।