२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ?



अ+ अ-

तनहुँ । नेकपा (एमाले) तनहुँको दशौँ अधिवेशन अन्तर्गत अध्यक्ष पदमा दुई नेताको उम्मेदवारी परेको छ ।

अध्यक्षमा हरिराज कँडेल र विष्णुभक्त सिग्देलले उम्मेदवारी दर्ता गरेका हुन् । व्यास नगरपालिका–३ देउरालीनगरस्थित मिलन तमु समाजको भवनमा नेताद्वयले उम्मेदवारी दर्ता गरे । दुई नेताहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् ।

अध्यक्षमा उम्मेदवार रहेका हरिराज कँडेललाई स्थायी कमिटी सदस्य किरण गुरुङको समर्थन रहेको छ भने संस्थापन पक्षले पनि कँडेललाई साथ दिएको एक नेताले जानकारी दिए ।

यस्तै, अर्का उम्मेदवार सिग्देललाई पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको छ ।

कँडेल निवर्तमान जिल्ला उपाध्यक्ष हुन् भने सिग्देल निवर्तमान प्रदेश कमिटी सदस्य हुन् । कँडेलको प्यानलमा उनीसहित उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी, उपसचिवमा खिम बहादुर कुमाल र सुनीता नेपाली रहेका छन् ।

यस्तै सिग्देलको प्यानलबाट उनीसहित उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा आरके पोखरेल र बसुन्धरा घर्ती रहेका छन् ।