१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ?



अ+ अ-

तनहुँ । नेकपा (एमाले) तनहुँको दशौँ अधिवेशन अन्तर्गत अध्यक्ष पदमा दुई नेताको उम्मेदवारी परेको छ ।

अध्यक्षमा हरिराज कँडेल र विष्णुभक्त सिग्देलले उम्मेदवारी दर्ता गरेका हुन् । व्यास नगरपालिका–३ देउरालीनगरस्थित मिलन तमु समाजको भवनमा नेताद्वयले उम्मेदवारी दर्ता गरे । दुई नेताहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् ।

अध्यक्षमा उम्मेदवार रहेका हरिराज कँडेललाई स्थायी कमिटी सदस्य किरण गुरुङको समर्थन रहेको छ भने संस्थापन पक्षले पनि कँडेललाई साथ दिएको एक नेताले जानकारी दिए ।

यस्तै, अर्का उम्मेदवार सिग्देललाई पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको छ ।

कँडेल निवर्तमान जिल्ला उपाध्यक्ष हुन् भने सिग्देल निवर्तमान प्रदेश कमिटी सदस्य हुन् । कँडेलको प्यानलमा उनीसहित उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी, उपसचिवमा खिम बहादुर कुमाल र सुनीता नेपाली रहेका छन् ।

यस्तै सिग्देलको प्यानलबाट उनीसहित उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा आरके पोखरेल र बसुन्धरा घर्ती रहेका छन् ।




भर्खरै