१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले लगायो श्रीलंकाका कप्तान हसरंगालाई २ खेलको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंकाका कप्तान वानिन्दु हसरंगालाई २ खेलको प्रतिबन्ध लगाएको छ । साथै अफगानिस्तानका विकेटकिपर रहमानउल्लाह गुरबाजको पनि १५ प्रतिशत म्याच शुल्क काटिएको छ । बुधबार डम्बुलामा भएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दुवैले आईसीसीको आचारसंहिता उल्लंघन गरेका थिए ।

स्पिन अलराउन्डर हसरंगाले २४ महिनाभित्र ५ डिमेरिट अंक पाएपछि प्रतिबन्ध लगाइएको आईसीसीले जनाएको छ । जसमा बुधबार अफगानिस्तानसँगको खेलबाट २ डिमेरिट अंक समावेश छ । काउन्सिलले भन्यो – ‘हसरंगाको ५ डिमेरिट पोइन्ट २ निलम्बनमा परिणत भयो ।’

काउन्सिलले थप भन्यो – ‘यस प्रतिबन्धको अर्थ हसरंगालाई एक टेस्ट वा दुई एकदिवसीय वा टी–२० अन्तर्राष्ट्रिय, जुन पहिले हुन्छ त्यसको प्रतिबन्धको सामना गर्नुपर्नेछ ।’

हसरंगाले मार्चमा बंगलादेशविरुद्धको पहिलो दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउने छैनन् । उनी सिरिजको उत्कृष्ट खेलाडी चुनिएका थिए । अन्तिम खेलमा अफगानिस्तानले ३ रनले पराजित गरे पनि श्रीलंकाले सिरिज २–१ ले जितेको थियो ।