२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको क्लीन स्वीप



अ+ अ-

एजेन्सी । अकल्याण्डमा भएको तेस्रो टी–२० खेलमा अष्ट्रेलियाले डकवर्थ लुइस नियमका आधारमा न्युजिल्याण्डलाई २७ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले भ्रमणमा रहेको तीन टी–२० खेलको सिरिजमा क्लीन स्वीप गरेको छ । वर्षाका कारण खेल २० ओभरसम्म पूरा हुन सकेन ।

यस खेलमा न्युजिल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । वर्षाले रोकिएको खेलमा पहिलो खेल १५ ओभरको हुने तय भएको थियो । तर वर्षाका कारण अस्ट्रेलियाले १०.४ ओभर मात्र खेल्न पाएको थियो । जसमा उसले ४ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि ट्राभिस हेडले ३० बलमा सर्वाधिक ३३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । म्याट स्कटले २७ रनको पारी खेले भने ग्लेन म्याक्सवेलले २० रन जोडे । न्युजिल्याण्डका लागि एडम मिल्ने, बेन सियर्स, मिचेल सान्टनर र जोस क्लार्कसनले समान १–१ विकेट लिए ।

वर्षाका कारण न्युजिल्याण्डलाई १० ओभरमा १२६ रनको लक्ष्य दिइएको थियो । तर, उसले ३ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । यसरी डकवर्थ लुईस नियमको आधारमा यो खेल अष्ट्रेलियाले २७ रनले जितेको हो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले २४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अविजित ४० रन बनाए । अस्ट्रेलियाका लागि म्याट स्कट, स्पेन्सर जोन्सन र एडम जाम्पाले १–१ विकेट लिए ।