११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा परी छट्पटाइरहेका चार जनालाई प्रदेश प्रमुखले अस्पताल पुर्याए



अ+ अ-

जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्याएका छन् ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

ती चारै जनालाई छट्पटाइरहेका चारै जनालाई प्रदेश प्रमुखले हेर्ने बित्तिकै आफ्नो गाडी रोकी घाइतेहरुलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाएका छन् ।

डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उनीनिकट स्रोतले जनाएका छन् ।

प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने बताए प्रतिक्रिया दिएका छन् ।